२१ माघ २०८२, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लामिछानेलाई भेटेपछि डा.केसीले भने : ‘चार हजार सहकारीमा कालो धन छ’

प्रकाशित मिति :  28 December, 2024 2:36 pm


पोखरा । राजनीतिक विश्लेषक प्राध्यापक डा.सुरेन्द्र केसीले देशभरी रहेका करीब चार हजार सहकारीहरुमा कालो धन लगानी भएको खुलासा गर्नुभएकाे छ ।

सहकारी ठगी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई भेटेपछि संचारकर्मीहरुसंग कुरा गर्दै डा.केसीले त्यस्तो खुलासा गर्नुभएकाे हाे ।

देशभरी रहेका चार हजार सहकारीमा अबैध तरीकाले लगानी भएको खरबौं रुपियाँको खोजी हुनु पर्नेमा जोड दिदै स्वतन्त्र बुद्धिजिबी केसीले राज्य त्यतातिर नदिई रबि लामिछानेको पछि लागेर २८ करोड रुपियाँको खोजीमा लागेको टिप्पणी गर्नुभयाे ।

बिगतमा आफुले भनेको रबि लामिछानेले नमानेको गुनासो गर्दै राजनीतिमा लाग्नेहरुले आत्तिन नहुने भएकाले धैर्य गर्न लामिछानेलाई अनुरोध गर्नुभयाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !