कस्तो रहनेछ आजको मौसम ?
काठमाडाैं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा छ ।
आज दिउँसाे देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ । देशका पहाडी भू-भागका एक-दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।
कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै ठाउँहरुमा तथा सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई ठाउँमा हिउँ पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।
आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई ठाउँमा हिउँ पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।
आगामी २४ घण्टाभित्र कर्णाली, गण्डकी र कोशीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै ठाउँहरुमा तथा सुदूरपश्चिम र वाग्मतीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई ठाउँमा हल्का हिउँ पर्ने र देशका पहाडी भू-भागका एक-दुई ठाउँमा पानी पर्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने देखिएकाे महाशाखाले जनाएकाे छ । बिहानको समयमा तराई तथा उपत्यका-खोँचहरूमा हुस्सु-कुहिरोको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुराेध गरेकाे छ ।