माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै
प्रकाशित मिति : १४ पुष २०८१, आईतवार १३:१३
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।
स्थायी समिति तथा केन्द्रीय समिति बैठक तयारी सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जनकारी दिनुभयो । ढकालका अनुसार बैठक दिउँसो ३ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्नेछ ।
काठमाडौँ उपत्यकामा उपलब्ध पदाधिकारीको बैठक आज बस्न लागेको हो । यसअघि मङ्सिर २८ गते बसेको स्थायी समिति बैठकले पुस १८देखि २० गतेसम्म स्थायी समिति र २१ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।
226
Shares