२० माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओली पर्सामा, सखुवा प्रसौनीका पूर्व अध्यक्षसहित हजारौं नेता-कार्यकर्ता एमालेमा प्रवेश

प्रकाशित मिति :  १४ पुष २०८१, आईतवार १६:०५


पर्सा । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्सा आइपुग्नुभएकाे छ ।

एमाले पर्सा जिल्ला कमिटीले आइतबार सखुवा प्रसौनी-२ औराहा पञ्चगावामा आयाेजना गरेकाे बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रमलाई सम्बाेधन गर्न प्रधामन्त्री ओली पर्सा आइपुग्नुभएकाे हाे ।

कार्यक्रममा उहाँले सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल लगायतलाई एमालेमा स्वागत गर्नुभएकाे छ । जयसवालसहित करिब ५ हजार नेता कार्यकर्ता एमाले प्रवेश गरेका एमाले पर्साले जनाएकाे छ ।

जयसवाल यसअघि जनता समाजवादी पार्टी नेपालमा हुनुहुन्थ्यो । कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य उर्मिला महतो, नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसबाट पनि एमालेमा प्रवेश भएको थियो ।

कार्यक्रममा पर्साबासीका तर्फबाट जिल्लाको क्षेत्र नम्बर-३ का संघीय सांसद् एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दन गर्नुभएको थियो ।

कार्यक्रममा एमाले मधेश प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, नेताहरु पुरुषाेत्तम पौडेल, हरि उप्रेती, प्रभु हजारा सुमनराज प्याकुरेल, ज्वालाकुमारी साह, मधेस प्रदेशको भौतिक पूर्वाधार मन्त्री सरोज यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओली पर्सामा,सखुवा प्रसौनीका पूर्वअध्यक्ष लगायत विभिन्न पार्टीका हजारौं नेता-कार्यकर्ता एमालेमा प्रवेश


791
Shares

प्रतिक्रिया दिनुहोस !