अर्थ समिति र विधायन व्यवस्थापन समितिकाे बैठक बस्दै
प्रकाशित मिति : १६ पुष २०८१, मंगलवार ११:२३
काठमाडौं । प्रतिनिधि सभाकाे अर्थ समिति र राष्ट्रिय सभाकाे विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ । छलफलका लागि अर्थमन्त्री विष्णु पौडेललाई समेत बोलाएको संसद् सचिवालयले जनाएको छ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको कार्यालयमा सुरु हुनेछ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
226
Shares