संसदीय समितिबाट पारित भयाे भ्रष्टाचार निवारण विधेयक
प्रकाशित मिति : १८ पुष २०८१, बिहीबार १४:०३
काठमाडाैं । राज्यव्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।
बिहीबार सिंहदरबार बसेकाे समितिकाे बैठकले साे विधेयक पारित गरेकाे हाे । समितिले गठन गरेको हृदयराम थानी संयोजकत्वको उपसमितिले तयार पारेकाे प्रतिवेदनमाथि छलफल गरेर विधेयक पारित गरिएकाे सभापति रामहरि खतिवडाले जानकारी दिनुभयाे ।
विधेयकमाथि राज्यव्यवस्था समितिले गठन गरेको हृदयराम थानी संयोजकत्वको उपसमितिले गठन गरेको प्रतिवेदनमाथि छलफल गरेर पारित गरेको हो । विधेयकमाथिको प्रतिवेदन संघीय संसद्को आगामी अधिवेशनमा पेस गरिनेछ ।
0
Shares