विश्वमणि थापाले अखिल क्रान्तिकारीको अध्यक्षमा उम्मेदवारी दिने
प्रकाशित मिति : १९ पुष २०८१, शुक्रबार १३:४२
काठमाडौं । लोकप्रिय विद्यार्थी नेता विश्वमणि थापाले अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा आफ्नो उम्मेदवारी रहने घोषणा गर्नुभएको छ ।
थापाले अखिल क्रान्तिकारीमा ३२ वर्षीय उमेर हदबन्दी कायम भएपछि उहाँले आफ्नो उम्मेदवारी रहने घोषणा गर्नुभएको हो ।
आफ्नो उम्मेदवारी अखिल क्रान्तिकारीलाई विद्यार्थी मैत्री, विद्यार्थीको तमाम समस्या सावधान गर्नको लागि, विद्यार्थीको हक हितको लागि रहेको उहाँले बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनको लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । थापा हाल अखिल क्रान्तिकारीको मधेश प्रदेशको उपमहासचिव हुनुहुन्छ । मधेसमा थापा लोकप्रिय विद्यार्थी नेता हुनुहुन्छ ।
थापा वागमती नगरपालिका सर्लाहीका हुनुहुन्छ ।
1.9k
Shares