२२ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रास्वपाको केन्द्रीय समिति आज पनि जारी रहने

प्रकाशित मिति :  २१ पुष २०८१, आईतवार ११:२५


काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएकाे छ ।​

काठमाडौंको स्वयम्भूस्थित स्वयम्भू स्टार बैंक्वेटमा शनिबारदेखि सुरु भएकाे बैठक आज पनि जारी रहने भएकाे हाे । आजकाे बैठकले संविधान संशोधनबारे दलको धारणा तय गर्ने बताइएकाे छ । सहकारी सम्बन्धी अध्यादेशबारे पनि बैठकमा छलफल हुनेछ ।

यसअघि हिजाे पहिलाे दिनकाे बैठकले माघ २ गतेदेखि २ महिने राष्ट्रव्यापी संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेकाे थियाे ।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार हिजाेकाे बैठकमा केन्द्रीय सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभागका साथै पार्टीको सम्बन्धित निकायले सिफारिस गरेका विज्ञ सदस्य रहेको जिल्ला समिति अन्तर्गतका पार्टी संरचनालाई सहयोग तथा सहजीकरण गर्न जिल्ला अनुसार कार्यदल निर्माण, समसामयिक राजनीतिक विष, स्थानीय तह उपचुनावकाे समीक्षा, सहकारी सम्बन्धी अध्यादेश लगायत विषयमा छलफल भएकाे थियाे ।

हिजाेकाे बैठकले दिवंगत नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको थियाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !