२२ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दक्षिण कोरियामा प्रदर्शन, राजनीतिक संकट गहिरिदै

प्रकाशित मिति :  २१ पुष २०८१, आईतवार १३:३७


एजेन्सी । दक्षिण कोरियाका अपदस्त राष्ट्रपति युन सुक–योलको पक्ष र विपक्षमा प्रदर्शन जारी छ ।

लामो संघर्षपछि निलम्बित राष्ट्रपति योललाई पक्राउ गर्ने प्रहरीको प्रयास असफल भएपछि पक्ष र विपक्षमा सडकमा मानिसहरुले प्रदर्शन गरिरहेका छन् ।

चिसो मौसमको बावजुद, स्थानीयहरूको ठूलो भीडले देशको दक्षिणपूर्वको सहर डेगुमा प्रदर्शन गरेको छ । उनीहरुले संवैधानिक अदालतले युनको महाभियोग मुद्दा पारित गर्न माग गरेका छन् ।

युनमाथि शक्तिको दुरुपायोग गरेको र मार्सल कानुन लागु गर्न खोजेको भन्दै महाअभियोग प्रस्ताव संसदमा पुगेपछि निलम्बित छन् । तर संसदको महाभियोग प्रस्तावको अन्तिम निर्णय संवैधानिक अदालतले गर्ने भएकाले महाअभियोग पारित हुनुपर्छ माग बढेको हो ।

सरकारी अधिकारीहरू र युनको महाभियोगको लागि दबाब दिनेहरू बीचको तनाव बढ्दै गएकाले गहिरो राजनीतिक संकट निम्तिदै गएको छ ।

युनको सुरक्षामा रहेको सेनाको टोलीले मानव पर्खाल बनाएर पक्राउ गर्न आएका प्रहरीको बाटो रोकेको आरोप लागेको छ । पक्राउमा अवरोध गरेको आरोपमा राष्ट्रपति सुरक्षा सेवाका प्रमुखलाई सोधपुछका लागि बोलाएको छ ।

सीआईओ अन्वेषकहरू र प्रहरी अधिकारीहरूको समूहले शुक्रवार मध्य सियोलको राष्ट्रपति निवासमा युनलाई पक्राउ गर्ने प्रयास गरेका थिए ।

अदालतले तीनपटक बोलाउँदा पनि युन अदालतमा उपस्थित नभएपछि उहाँलाई पक्राउ गर्ने अनुमति दिएको थियो ।  तर, युनको सुरक्षा दस्ता र सेना प्रहरीसँगै भिड्ने अवस्थामा पुगेपछि प्रहरीले युनलाई पक्राउ गर्न असमर्थ भएको थियो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !