यस्ताे छ एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पेस गरेकाे राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्नुभएकाे छ ।
केन्द्रीय कार्यालय च्यासलमा आइतबारदेखि सुरु भएकाे केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओली ४७ पृष्ठको प्रतिवेदन पेस गर्नुभएकाे हाे ।
उहाँले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतंकित भएका प्रतिवेदननमा उल्लेख गर्नुभएकाे छ ।
प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको यसअघिको सरकारको कुनै अभियान नचलाएकाे प्रतिवेदनमा उल्लेख गर्नुभएकाे छ । ‘भ्रष्टाचारविरुद्ध सरकार फाइल खोल्ने भनाइ नै त्रुटिपूर्ण हो, नेपाल विधिको शासनमा चल्ने मुलुक हो, नेपालको संविधानले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको लोकतान्त्रिकअवधारणालाई पूर्ण रुपमा आत्मसात गरेको छ, भ्रष्टाचारको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक अंग (यसले अभियोजन पनि गर्छ) र नेपाल प्रहरी, सम्पत्ति शुद्धिकरण विभाग, केन्द्रीय अनुसन्धान ब्युरो तथा सतर्कता केन्द्र जस्ता निकाय छन्, अभियोजनका लागि सरकारी अधिवक्ताका कार्यालयहरु छन्, न्याय निरुपणका लागि विशेष अदालत लगायत न्यायिक निकायहरु छन्, लोकतन्त्रमा सरकार या सत्ताधारी दलहरुको काम आफूलाई पायक पर्नेगरी भ्रष्टाचारका फाइल खोल्ने या बन्द गर्ने होइन’- उहाँले लेख्नुभएकाे छ ।
हेर्नुस् पूर्णपाठ: