नेपाल र तिब्बतको सिमाना केन्द्र विन्दु भएर गएको भूकम्प ७ रेक्टरस्केल मापन
प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार १०:३३
काठमाडौं । मंगलबार बिहानै काठमाडौं लगायत नेपालका विभिन्न भागमा भूकम्प धक्का महसुस भएको छ ।
नेपाल–चीन सिमाना तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु भएर गएको भूकम्पले काठमाडौं सहित दोलखा, सिन्धुपाल्चोक, रामेछाप लगायतका क्षेत्रमा ठुलो धक्का महसुस भएको थियो ।
भूकम्पको धक्का कोशी तथा मधेस प्रदेशमा पनि महसुस भएको छ । चीनको तिब्बत तथा भारतको सिक्किममा समेत भूकम्पको धक्का महसुस भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार भूकम्प ७ म्याग्निच्युड भन्दा बढीको गएको प्रारम्भिक रेकर्डले देखाएको छ ।
भूकम्प र त्यसले पुर्याएको अन्य क्षतिको विवरण आउन बाँकी नै छ । भूकम्प बिहान ६ बजेर ५१ मिनेटमा गएको थियो ।
339
Shares