२४ पुष २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भूकम्पका धक्का आइरहेका छन्, सबै सतर्क र सुरक्षित रहनुहाेला : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  २३ पुष २०८१, मंगलवार १०:३७


काठमाडौं । एकाबिहानै भूकम्पले काठमाडाैं हल्लाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गर्नुभएकाे छ ।

प्रधानमन्त्री ओलीले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सबैलाई सतर्क र सुरक्षित रहन आग्रह गर्नुभएकाे हाे । उहाँले लेख्नुभएकाे छ – ‘शुभप्रभात, हिजोआज विभिन्न भागमा ससाना भूकम्पका धक्का आइरहेका छन्, सबै सतर्क रहनुहोला, सुरक्षित रहनु होला ।’

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहानको चीनकाे तिब्बतस्थित केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे । भूकम्पकाे धक्का काठमाडाैंसहित देशका विभिन्न ठाउँमा महशुस गरिएकाे थियाे । भूकम्पको धक्का गएपछि काठमाडौंबासी घरबाहिर निस्केका थिए ।


226
Shares

प्रतिक्रिया दिनुहोस !