२४ पुष २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यसरी गरियाे बुद्धले खीर खाएकाे दिनकाे सम्झना

प्रकाशित मिति :  २३ पुष २०८१, मंगलवार १४:२८


काठमाडाैं । भगवान गाैतम बुद्धले खीर ग्रहण गरेकाे दिनकाे सम्झनामा मंगलबार काठमाडाैंमा खीर खुवाइएकाे छ । चीनकाे चाेङकिङस्थित हुयान मन्दिर र सिन्हयुए अन्तर्राष्ट्रिय ध्यान केन्द्रकाे आयाेजनामा काठमाडाैंकाे बाैद्धमा ३ हजार बढीलाई खीर खुवाइएकाे हाे । खीर खानेमा नेपाली र चिनियाँ नागरिक थिए ।

बाैद्ध धर्माबलम्वीहरुले आजकाे दिनलाई महत्वपूर्ण दिनकाे रुपमा लिने गर्छन् । बाैद्ध परम्पराअनुसार सिद्धार्थ गाैतमले बुद्ध हुनुअघि धेरै वर्ष तपस्या गर्दै आफैलाई गम्भीर अभाव र शारीरिक कष्टकाे अधिनमा बिताए । याे मार्गले ज्ञान प्राप्त गर्न नसक्ने महशुस गरे । त्यसैबेला उनले एक गाेठालाे केटीलाई भेटे उनले सिद्धार्थलाई दूध दिइन् । दूध पिएपछि उनले आफ्नाे शक्ति पुन :  प्राप्त गरे । बाेधि रुखमुनी बसी ध्यान गरी  आठाैं दिनमा बुद्धत्व प्राप्त गरे । यस घटनाकाे सम्झनामा बाैद्ध शिष्यहरुले धर्म सभा आयाेजना गरेर बुद्धलाई चामल र फलफुलका साथ खीर पकाएर ग्रहण गर्न अनुराेध गरे । बुद्धले खीर ग्रहण गरेकाे दिनकाे सम्झनामा बाैद्ध धर्मावलम्बीले खीर खुवाएर र खाएर याे दिन मनाउँछन् ।


339
Shares

प्रतिक्रिया दिनुहोस !