२५ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भूकम्पमा भत्केका  विद्यालय प्रदेश सरकारले पुनर्निर्माण

प्रकाशित मिति :  २५ पुष २०८१, बिहीबार १३:३८


काँकेविहार सुर्खेत ।  कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य सस्था पुननिर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले  जाजरकोट र रुकुम पश्चिमका ती सरकारी संरचना पुननिर्माण गर्ने भएको हो । मन्त्रालयका अनुसार रुकुम पश्चिमको  २७ विद्यालय र पाँच स्वास्थ्य सस्था पुन निर्माण गर्न लागिएको हो ।
विद्यालय भवनका लागि  १९ करोड ६० लाख रुपैयाँ र पाँच  स्वास्थ्य संस्था पुन निर्माणका लागि  दुई करोड ४० लाख रुपैयाँ स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
–रासस


226
Shares

प्रतिक्रिया दिनुहोस !