२६ पुष २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

न्याय प्रणालिमा विश्वास गर्ने ठाँउ भएको रविको भनाइ

प्रकाशित मिति :  २६ पुष २०८१, शुक्रबार ०८:१९


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्यायलय प्रति विशेष आभार व्यक्त गर्नुभएकाे छ । न्याय प्रणालिमा विश्वास गर्ने ठाँउ भएको उनले उल्लेख गर्नुभएकाे छ । अझै धेरै लडाइँ बाकी भएकाले पछी बोल्ने समय आए नबोल भने पनि बोल्ने उहाँले बताउनुभयाे ।

रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।

न्यायाधीश नीतिज राईको एकल इजलासले आदेश दिए लगत्तै रविले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता खुशी हुदै नारा बाजि गरेका थिए । काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने शर्तमा प्रहरीले रविलाई परिवारको जिम्मा लगाएको हो ।

रविसहित छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाईं, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङले बिहीबार नै धरौटी बुझाएर रिहा भएका हुन् ।

 


226
Shares

प्रतिक्रिया दिनुहोस !