२१ माघ २०८२, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज पाचँ संसदीय समितिको बैठक बस्दै

प्रकाशित मिति :  10 January, 2025 10:24 am


काठमाडौं । आज (शुक्रबार) पाचँ वटा संसदीय समितिको बैठक बस्दैछ । जसमा राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको ३२ औँ बैठक बिहान ११ः३० बजे बस्दैछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुदैछ ।

यस्तै, आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २५३ औँ बैठक बस्दैछ । बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुदँैछ । बैठक बिहानको ११ः३० बजे बस्दैछ ।

त्यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा नेपालको संविधानको धारा २६५ मा गठन भएका आयोगहरुको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले दश वर्ष पछी पुनरावलोकन गर्नेछ भन्ने संवैधानिक व्यवस्था रहेकोले सो सम्बन्धी आयोगको धारणा सम्बन्धमा छलफल हुदैछ ।

आजै महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दैछ । बिहान ११ः०० बजे बस्ने बैठकमा समानुपातिक प्रतिनिधित्वको वर्तमान अवस्था र कार्यान्वयनको मूल्याङकन सम्बन्धमा छलफल हुने भएको छ ।

यस्तै, आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । दिउसो १ बजे बस्ने बैठकमा “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक“ सम्वन्धमा छलफल हुने भएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !