२० माघ २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले सचिवालय बैठक बस्दै, समसामयिक राजनीतिक विषयमा छलफल हुने

प्रकाशित मिति :  21 January, 2025 10:23 am


काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

समसामयिक राजनीति विषयमा छलफल गर्न अपराह्न ४ बजे बैठक बोलाइएको नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । ‘समसामयिक राजनीतिक घटनाक्रम बारे छलफल हुने छ, सरकारले हिउँदे अधिवेशनको लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ, हिउँदे अधिवेशनलाई पार्टीको तर्फबाट कसरी प्रभाकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने छ, अन्य चर्चामा रहेका विभिन्न विषमा पनि छलफल हुने छ’, गौतमले भन्नुभयो ।

आजको बैठकमा एमालेमा आउने तयारी गरी रहनुभएको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई पार्टीमा कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि छलफल हुने बुझिएको छ । गौतमले आफू एमालेमा जाने तयारी गरिरहेको र पार्टीले खबर गर्ने बित्तिकै एमालेमा जाने बताउँदै आउनुभएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !