देवकी कार्कीले दिनुभयो अखिल क्रान्तिकारीको खुल्ला उपाध्यक्ष पदमा उम्मेदवारी
काठमाडौं । शैक्षिक रुपान्तरण, संर्घष तथा वर्गीय निष्ठा ! सु— सँस्कउत संगठन निर्माणमा मेरो प्रतिबद्धता ! ! मुल नाराका साथ लोकप्रिय विद्यार्थी नेतृ देवकी कार्कीले अखिल क्रान्तिकारीको खुल्ला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।
लामो समय देखि विद्यार्थीको मुद्दामा अडिक भएर राजनीति गर्नुभएकी कार्कीले अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनमा खुल्ला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो ।
कार्कीले विवेशकिल वैचारिक र बौद्धिक नेतृत्व स्थापित गर्न आफूले उम्मेदवारी दिएको राइजिङ सन खबरलाई बताउनु भयो ।
विद्यार्थी नेता विद्यार्थी नै हुनुपर्छ भन्ने स्थापित गर्नको लागि पनि उहाँले आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।
रोजगारीको अभावमा युवा विद्यार्थी विदेश गइराखेको बेलामा स्वदेशमै रोजगार र शिक्षा एकसाथ हुने शिक्षा प्रणालीको पक्षपोषण र वकालत गर्न आज सक्षम विद्यार्थी नेतृत्व चाहिने भएकाले आफूले त्यस्तो मुद्दामा जोडदार भएर लागि पर्नको लागि आफ्नो उम्मेदवारी भएको पनि राइजिङ सन खबरलाई देवकी कार्कीले बताउनुभयो ।
कार्की सँग आफ्नो सङ्गठनको कोषाध्यक्षमा रहेर काम गरेको पनि अनुभव छ । उहाँ भन्नुहुन्छ सफलता पूर्वक यस सङ्गठनमा कोषाध्यक्ष भएर काम गरेको अनुभव छ अब म नयाँ जिम्मेवारीका साथ अघि बढ्न मैले खुल्ला उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ । ’
‘अखिल (क्रान्तिकारी)संगठनलाई सुदृढीकरण, विद्यार्थीको हक अधिकार संरक्षण र अग्रग्रामी अभियानको नेतृत्व सशक्त संगठन निर्माणको लागि पनि मेरो खुल्ला उपाध्यक्ष पदमा उम्मेदवारी रहेको कार्की बताउनुहुन्छ ।
अखिल क्रान्तिकारीमा कार्की बौद्दिक, वैचारिक नेतृ कहलिनुहुन्छ । उहाँले विश्वविद्यालय केन्द्रिय क्याम्पसबाट व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गरेर अहिले एमफिल अध्ययन गरिरहनुभएको छ । कार्कीको गृह जिल्ला सिन्धुली हो । आफूले विद्यार्थीको तमाम समस्या हल गर्नकै लागि विद्यार्थीको हक हितका लागि लड्नकै लागि आफ्नो उम्मेदवारी भएको देवकी कार्की बताउनुहुन्छ ।