११ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाल लगानीको लागि उत्तम भूमी हो, बीआरआई वरदान हो

प्रकाशित मिति :  ११ माघ २०८१, शुक्रबार १७:५५


सुमित भट्टराई –

काठमाडौं । विश्वमा अरु देशको लगानीले धेरै देशले आफ्नो मुहार फेरेका छन् । अविकसित मुलुकबाट विकसित मुलुकको दर्जा पाएका छन् । अरु देशकै लगानीबाट बनेका उद्योग धन्धामा तेस्रो मुलुकबाट कामदार ल्याएका छन् । धेरै देशले विदेशी लगानी मार्फत आफ्नो देशको संरचना, उद्योग, र अर्थतन्त्रमा उल्लेखनीय रुपमा परिवर्तन गरेका छन् । यस्ता मुलुकहरूमा युनाइटेड स्टेट अरब , मलेसिया, भियतनाम, सिङ्गापुर, बङ्गलादेश जस्ता मुलुकहरू विषेश गरेर अरु देशको लगानी भित्र्याएर आफ्नो देश बनाउनेमा पर्छन् । यी बाहेक शक्तिशाली भनिएको मुलुक चीन, भारत, अमेरिका, दक्षिण कोरिया जस्ता मुलुकले पनि आफ्नो देशमा विदेशी लगानी भित्र्याउँदै आफ्नो देशलाई समृद्धिको सूचीमा दर्ज गरेको पाइनछ ।

सुन्दा अचम्म लाग्न सक्छ के भारत, दक्षिणकोरिया जस्ता मुलुकले पनि अरु देशबाट लगानी ल्याउँछन् ? यो कुरा सुन्दा अचम्म लाग्ने मात्र हो । अमेरिकाले समेत आफ्नो देश बनाउनको लागि विदेशी मुलुकबाट लगानी भित्र्याउने गर्छ ।

बालुबा नै बालुवा  मरुमूमि भएको देशमा अरु देशको लगानीले पुरै हरियाली भएको हामी देख्दछौँ । प्रकृतिका कुराले भरिभराउ भएको हाम्रो राम्रो सँग विदेशी लगानी ल्याउने हो भने नेपाल बास्तबमै विकसित नेपाल बन्छ भन्ने कुरामा दुई मत छैन ।

२०१७ मै बीआरआईमा हस्ताक्षर गरेको नेपालले तुरुन्तै विआरआईको लगानी भित्र्याएर काम अघि बढाएको थियो भने पनि हामी नेपालीले एक खालको विकासको अनुभूति गर्न पाउथ्यौ । देशी विदेशी शक्तिको कारणले नेपालमा विदेशी लगानी भित्र्याउन नदिएको कुरा भने ऐना जस्तै छलंग्न छ ।

महँगो महँगो व्याजमा नेपाललाई ऋण दिन पल्केकाहरू नै नेपालमा विदेशी लगानी भित्र्याउन हुदैन भनेर हिड्ने गरेको कुरा छलंग्न जस्तै छ ।

अझ भनौँ भने नेपालमा लगानी मात्र नभएर चीनको विकसित नेपाल हेर्न चाहनाअनुरूप चीनले प्रस्ताव गरेको बीआरआर्ई कार्यन्वयनमा ढिला गर्नाले पनि नेपालमा विकास ढिला भएको अनुभूति गर्न सकिन्छ ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्नु भएको छ । अब बीआरआर्ई अन्त्रगत नेपालमा औद्योगिक क्षेत्र, सडक, पुल, रेलमार्ग लगाएका भौतिक संरचना बनेर अब नेपालीले राम्रो विकासको अनुभूति गर्न पाउने भएका छन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्झौतालाई असफल बनाउन धेरै देशी विदेशी शक्ति लागेको प्रष्ट छ । तर पनि बीआरआई नेपालको पक्षमा भएको कुरा प्रष्ट छ ।

प्रकृति सम्पदाले भरिपूर्ण नेपालमा सौन्दर्य हेर्नको लागि समेत विदेशीहरू पैसा तिरेर आउने गर्छन । नेपालको सौर्दय स्तरन्नोति गर्न पनि विदेशी लगानी ल्याउन सकिन्छ । जलविद्युतको धनी देश नेपालमा जलविद्युत क्षेत्रमा लगानी ल्याउन सकिन्छ । राम्रो माटो भएको मुलुक नेपालमा कृषि क्षेत्रमा पनि विदेशी लगानी भित्र्याउन सकिन्छ । धेरै प्रकारको जडिबुटी फल्ने नेपालमा जडिबुटी खेतीको लागि विदेशी लगानी ल्याउन सकिन्छ । विभिन्न फलफूल फल्ने नेपालमा फलफूल खेतीको लागि विदेशी लगानी ल्याउन सकिन्छ । यस्ता नेपालमा विदेशी लगानी भित्र्याउने क्षेत्र धेरै छन् ।

सबै क्षेत्रमा विदेशी लगानी ल्याउ भनेको पनि होइन । तर सम्भव भएसम्म आन्तरिक लगानीले नेपालको विकास गरौँ नसेके विदेशी लगानी ल्याएर भएपनि नेपालको विकास गरौँ भन्न खोजिएको हो ।

राम्रो बाटो घाटोको अभावका कारणले गर्दा नेपालमा धेरै कृषि जन्य वस्तु खेर गइरहेको पाइन्छ । बाटोघाटोकै  अभावका कारणले गर्दा नेपालका धेरै जडिबुटीहरू खेर गइराखेको छ । यस्तो ठाँउमा नेपालमा लगानी भित्र्याएर बाटो घाटोको निमार्ण गरिदिने हो भने नेपालको धेरै आर्थिक अवस्था समृद्ध हुनेमा दुईमत छैन ।

नेपाल गौतम बुद्धको देश हो । नेपाल सगरमाथाको देश हो । नेपाल पशुपतिको देशको यस्ता महत्वपूर्ण चीज भएको नेपाल अहिले लगानी नभएर विकासोन्मुख देशको ताज पहिरिएर बस्न बाध्य छ ।

अहिले नेपालमा देशका ठूला दुई पार्टी मिलेर बनेको केपी शर्मा ओलीको सरकार छ । यो सरकारले विकासको एउटा रेखा भने कोरेको छ । बीआरआर्ईको फ्रेमवर्कमा हस्ताक्षर गरेर यो सरकारले विकासको खाका कोरेको हो । अब यसलाई अरु देशी विदेशी शक्तिको कुरा नसुनेर अगाडि बढाउने र यस पछिका सबै सरकारले यस देशविकासको खाकालाई निरन्तरता दिने हो भने नेपाल बन्नको लागि समय नलाग्न सक्छ र बीआरआर्ई नेपालको लागि बरदान सवित हुन्छ ।

नेपाल विश्वमै धेरै जनसङ्ख्या भएको मुलुक चीन र भारतको बिचमा पर्ने मुलुक पनि हो । प्राकृतिक कुराले सम्पन्न मुलुक नेपालमा राम्रो पूर्वाधारको विकास मात्रै हुने हो भने पनि दुई देशका नागरिकको भ्रमण थलो हुदाँ मात्र पनि नेपालको पर्यटन क्षेत्रमा कहाली लाग्दो सुधार आउँछ ।

आज वंगलादेश देश आर्थिक हिसावमा नेपाल भन्दा धेरै अगाडी छ । बङ्गलादेशले विषेश गरि गार्मेन्ट उद्योगमा विदेशी लागानी ल्याएको थियो । सोही कारण वंगलादेशको आर्थिक अवस्था सुध्रिएको हो ।

यसै गरि भियतनामले आफ्नो श्रम–आधारित उत्पादन उद्योगमा विदेशी लगानी आकर्षित ग¥यो।

टेक्सटाइल, इलेक्ट्रोनिक्स, र निर्माण उद्योगमा विदेशी लगानीको ठूलो प्रभाव छ ।

यसै गरि इन्डोनेसियाले प्राकृतिक स्रोत, सस्तो श्रम शक्ति, र रणनीतिक स्थानको फाइदा उठाउँदै विदेशी लगानी आकर्षित ग¥यो।

खानी उद्योग, तेल तथा ग्यास, र उत्पादन क्षेत्रमा विदेशी लगानीको मुख्य योगदान छ । यसलेनै इन्डोनेसियाको अर्थिक अवस्था सुध्रिएको हो ।

युनाइटेड अरब इमिरेट्स अरबले तेलका स्रोतहरूबाट प्राप्त आम्दानीलाई गैर–तेल उद्योगमा विदेशी लगानी आकर्षित गर्न प्रयोग ग¥यो ।

दुबई र अबुधाबी जस्ता सहरहरू आज विदेशी लगानीकै कारण ग्लोबल व्यापार र पर्यटन केन्द्र बनेका छन् ।

त्यतिमात्रै नभएर भारतले समेत विदेशी लागानीबाट चमत्कार गरेको छ । १९९१ पछि आर्थिक उदारीकरणको नीति लिँदै भारतले विदेशी लगानी भित्र्यायो।

सूचना प्रविधि, ई–कमर्स, र निर्माण उद्योगमा विदेशी लगानीले ठूलो प्रभाव पारेको छ । यसले पनि भारतको अर्थतन्त्र सुध्रिन धेरै टेवा पुगेको छ ।

सोही कारण अब नेपाल पनि बीआरआईलाई आत्मासाथ गदै अरु क्षेत्रबाट लगानी भित्र्यार अगाडि बढ्न तयार हुनु पर्छ ।

-(सुमित भट्टराई आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडमा  कार्यरत हुनुहुन्छ । )


5.5k
Shares

प्रतिक्रिया दिनुहोस !