१५ माघ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रचण्डद्वारा पाण्डवेश्वर मन्दिरको अवलोकन २०८१ माघ १२ गते १०:३२ मा प्रकाशित

प्रकाशित मिति :  १२ माघ २०८१, शनिबार १०:३६


तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गर्नुभएको छ ।

उहाँले आज बिहान घोराही उपमहानगरपालिका–५ स्थित मन्दिर र धारपानी क्षेत्रको अवलोकन गर्नुभएको हो । तीन सय वर्ष पुरानो यस मन्दिरमा विश्वकै अग्लो त्रिशुल रहेको दाबी गरिँदै आएको छ । सोही क्रममा उहाँले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले मन्दिरको बारेमा जानकारी गराउनुभएको थियो । साथै सोही क्रममा उहाँले स्थानीयसँग भेटघाट गर्नुभएको थियो ।
–रासस


339
Shares

प्रतिक्रिया दिनुहोस !