१३ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेकाे छ : अर्थमन्त्री पाैडेल

प्रकाशित मिति :  १२ माघ २०८१, शनिबार १७:३६


माेरङ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार देशको विकासका लागि बनेकाे बताउनुभएको छ ।

शनिबार विराटनगर विमानस्थलम सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री पाैडेलले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको प्रष्ट पार्नुभयाे ।

वर्तमान सरकार गठन भए यता आर्थिक सुधारका काम भएका र ती सुधार आर्थिक परिसूचकबाट पनि पुष्टि भएको उहाँले बताउनुभयाे ।

अर्थमन्त्री पाैडेलले निर्माण व्यवसायीको भुक्तानी नरोकिने प्रष्ट पार्नुभयो । देशकाे अर्थतन्त्र सुधारकाे बाटाेमा अघि बढिरहेकाे भन्दै उहाँले पुँजीगत खर्चमा सुधार भइरहेको बताउनुभयो ।

अर्थमन्त्री पाैडेलले आज नै विराटनगर भन्सार यार्डको र विराटनगरमा आयोजित विराट एक्सपोकाे निरीक्षण समेत गर्नुभएकाे थियाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !