सरकारले राम्रो गरेको छ, त्याे देख्न नसक्नेहरु सल्बलाएका छन् : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले जनतामा आशा जगाएको बताउनुभएकाे छ ।
शनिबार काठमाडाैंमा आयाेजित राष्ट्रिय कार्यकर्ता भेला, २०८१ लाई सम्बाेधन गर्दै महासचिव पाेखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकारले राम्राे गरेकाे देख्न नचाहानेहरु सल्बलाएका बताउनुभयाे ।
मुलुकलाई निराशाको खाडलबाट बाहिर निकाल्ने प्रयत्न सरकारले गरिरहँदा राम्रो भएको देख्न नचाहनेहरुले भ्रम फैलाइरहेका उहाँले बताउनुभयाे ।
पार्टीका अध्यक्ष ओलीले सरकार चलाएर राम्रो काम गरिरहेको समयमा राम्रो भएको देख्न नचाहने, सधैंभरी अस्थिरतामा रमाउन खोज्नेहरुको कमी नभएको महासचिव पाेखरेलले बताउनुभयाे ।
देशलाई अस्थिरताको दलदलमा फसाइरहन चाहने प्रवृत्तिका मानिसहरु अहिले सरकार विरुद्ध लागिरहेका उहाँले बताउनुभयाे । महासचिव पाेखरेलले भन्नुभयाे – ‘जतिबेला मुलुक निराशाको खाडलबाट बाहिर निकल्ने प्रयत्न गरिरहेको छ, मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्ने जमर्को भइरहेको छ र नेपालका उद्योगी व्यवसायीहरु अब नेपालमा नै केही हुन्छ की भनेर आशा प्रकट गरिरहेको अवस्था छ, यही सन्दर्भलाई ध्यानमा राखेर पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका राम्रो काम देख्न नचाहने सधैंभरी अस्थिरतामा रमाउन खोज्ने, नेपाललाई अस्थिरताको दलदलमा फसाइरहन चाहने प्रवृत्तिका व्यक्तिहरु फेरी एकपटक सलबलाएर एमाले र त्यसको नेतृत्व विरुद्धमा चौतर्फी घेराबन्दी एवम आक्रमण गरिरहेका छन् ।’
सरकारले जनतामा आशा संञ्चारित गरेको र विकास र निर्माणका कामहरुले तिव्रता पाइरहेको बताउनुभयाे ।