१५ माघ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सत्तारुढ दलहरूको बैठक बस्दै

प्रकाशित मिति :  १४ माघ २०८१, सोमबार १०:५८


काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाउनुभएको छ ।

बैठकमा माघ १८ गते सुरु हुने हिउँदे अधिवेशन, संसदमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीका बारेमा छलफल हुने बताइएको छ ।

सत्तापक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी छन् ।


339
Shares

प्रतिक्रिया दिनुहोस !