१७ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतको झारखण्डमा प्रहरीसँगको मुठभेडमा दुई नक्सलवादी मारिए

प्रकाशित मिति :  १६ माघ २०८१, बुधबार २१:५७


नयाँ दिल्ली । भारतीय सुरक्षा बलले बुधबार देशको पूर्वी राज्य झारखण्डमा दुई नक्सलवादीलाई मारेको स्थानीय प्रहरीले जनाएको छ ।

पश्चिम सिंहभूम जिल्लामा विहान करिब ३ बजे स्थानीय प्रहरीले खोजी अभियान चलाउँदा सुरक्षा बल र नक्सलवादीबीच भिडन्त भएको हो ।

मुठभेड स्थलबाट हतियार र गोली बरामद गरिएको छ ।

हाल भारतको मध्य र पूर्वी भागहरूमा नक्सलहरू सक्रिय छन् ।

विद्रोहले सयौंको ज्यान लिइसकेको छ र हजारौं मानिसहरूलाई घरबारविहीन बनाएको छ ।
-रासस


339
Shares

प्रतिक्रिया दिनुहोस !