भिरबाट लडेर एक युवकको गयाे ज्यान
प्रकाशित मिति : २० माघ २०८१, आईतवार १३:०५
बागमती । मकवानपुरको राक्सिराङ गाउँपालिका–४ जैसिङतालस्थित करङभिरबाट लडेर एक युवकको ज्यान गएको छ ।
पैदल हिँडिरहेको अवस्थामा अचानक भिडबाट लडेर पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ ठूलोदेवली निवासी ४२ वर्षीय राजकपुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
सडक छेउमा रहेको भिडबाट ७० मिटर तल लडेर गम्भीर घाइते हुनुभएका चौधरीको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भन।
-रासस
339
Shares