एशोसिएसन अफ नेपलिज स्टुडेन्ट चीनको प्रथम बैठक सम्पन्न
प्रकाशित मिति : २१ माघ २०८१, सोमबार ११:४५
काठमाडौं । एशोसिएसन अफ नेपलिज स्टुडेन्ट चीनको प्रथम बैठक सम्पन्न भएको छ ।
बैठक चीनको सङ्घाई सहर स्थित नेपाली किचेनमा भौतिक रुपमा उपस्थित तथा विभिन्न शहरमा अध्ययनरत विद्यार्थीहरूद्धारा भर्चुअल मध्यमबाट उपस्थित भएर सम्पन्न भएको हो ।
यो बैठक कृष्ण गोपाल यादव र मनोज कुमार भट्टको अगुवाईमा फरबरी दुई आइतबार सम्पन्न भएको हो ।
यस सम्मेलनमा चीनमा रहेका नेपाली विद्याथीहरुलाई कानुनी, शैक्षिक, सास्कृतिक लगाएतको कुरामा सहयोग गर्ने निर्णय भएकाे छ ।
साथै यस सस्थाले नेपाली विद्यार्थीहरुलाई विश्वविद्यालय भर्ना, विद्यार्थीको स्वास्थे जाँच लगाएको सेवा दिने बताईएको छ ।
यस सस्थाले चीनमा रहेका नेपाली विद्यार्थीलाई सबै सहयोगी पुलको रुपमा काम गर्ने उदेस्य राखेको छ ।
0
Shares