२ चैत्र २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मूर्ती चोर, सुन तस्कर, भाइमाराले धाक लगाउन मिल्छः प्रचण्ड

प्रकाशित मिति :  २ चैत्र २०८१, शनिबार ०७:४४


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नौटंकी भन्ने शब्द प्रयोग गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई विभिन्न आरोप लगाउनु भएको छ।

उहाँले हिजाे शुक्रबार सिन्धुपाल्चोक मेलम्चीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले २५० वर्षसम्म राजामहाराजाहरुले यो देशलाई कहाँ पुर्याए भनेर समेत प्रश्न गर्नुभएको छ।

अध्यक्ष प्रचण्डले पूर्व राजालाई लक्षित गर्दै ‘मूर्ती चोर को हुन्, सुन तस्कर को हुन्, भाइ मारा को हुन्’ भन्दै आफनै वंश नाश गर्नेले अहिले आएर धाक लगाउन मिल्छ भनेर कार्यक्रममा बताउनुभएको छ।

अध्यक्ष प्रचण्डले आफू पहिलो पटक पाँच वर्षको लागि प्रधानमन्त्री भएको भए भाइमारा र राजद्रोहीलाई इतिहासको कठघरामा उभ्याउने कुरा पनि बताउनुभयो।

साथै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही व्यक्तिहरुले पूर्व राज ज्ञानेन्द्रलाई बोक्न पाइन्छ कि भनेर पछि लागेको भनेर बताउनुभएकाे छ ।


339
Shares

प्रतिक्रिया दिनुहोस !