४ चैत्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

प्रकाशित मिति :  ४ चैत्र २०८१, सोमबार १८:२४


Former King Gyanendra Shah speaking at the inauguration of International Birat Hindu Mahasammelan in Kathmandu, on Thursday, October 20, 2016. Photo: THT

काठमाडौं । राष्ट्रवादी संगठनले आज  दिउँसो १:४० बजे डिल्लीबजारमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलनको रणनीति तय गर्न विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ।

उक्त बैठकबाट संयुक्त जनआन्दोलन समिति गठन गर्ने निर्णय गरिएको छ। समितिको संयोजकका रूपमा राप्रपाका नेता नवराज सुवेदीलाई चयन गरिएको छ। सुवेदीले संयोजक बन्न राप्रपा पार्टी परित्याग गर्ने घोषणा गरेका छन्।

 जनआन्दोलन समितिका सदस्यहरू यस प्रकार रहेका छन् । 

१) राजेन्द्र लिङ्देन – सदस्य

२) कमल थापा – सदस्य

३) केशर बहादुर बिष्ट – सदस्य

४) दुर्गा प्रसाई – सदस्य

५) पशुपति शम्शेर राणा – सदस्य

६) प्रकाशचन्द्र लोहनी – सदस्य

७) अस्मिता भण्डारी – सदस्य

८) हरी बहादुर बस्नेत – सदस्य

९) रमा सिंह – सदस्य

१०) रविन्द्र मिश्र – सदस्य सचिव

यसका साथै, आन्दोलन परिचालन समितिको संयोजक धवल शम्शेर राणालाई बनाइएको छ। भने  सल्लाहकार समितिमा प्रमुख सल्लाहकार – डा. जगमान गुरुङ र सल्लाहकारहरू – बुद्धिराज बज्राचार्य, शास्त्रदत्त पन्त, डा. राजेश अहिराज, खेमराज सेढाई रहेका छन् ।

नवनिर्मित संयुक्त जनआन्दोलन समितिले निकट भविष्यमा राजसंस्थाको पुनःस्थापनाका लागि चरणबद्ध आन्दोलनको कार्ययोजना सार्वजनिक गर्ने  पनि बताइएको छ।

यस कार्यक्रममा समितिका सदस्यहरु मध्य राजेन्द्र लिङ्देन, कमल थापा, अस्मिता भण्डारीकाे भने उपस्थिति थिएन ।


339
Shares

प्रतिक्रिया दिनुहोस !