१८ चैत्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विदेश भाग्न खोज्दै ज्ञानेन्द्र, पासपोर्ट जफत हुने प्रक्रिया अघि बढ्दै

प्रकाशित मिति :  १६ चैत्र २०८१, शनिबार १३:२८


..

काठमाडौं । अपराधिक व्यक्तिहरूसँग साठगाँठमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह विदेश भाग्न खोजेको पाइएको छ।

ज्ञानेन्द्रले हाल हिन्दूवादी समूहलाई काठमाडौंमा परिचालन गरेर विदेश जानको योजना बनाएको स्राेतले  बताएकाे छ ।

यसैबीच, सरकारले ज्ञानेन्द्रको पासपोर्ट जफत गर्ने प्रक्रिया भने अघि बढाइसकेको छ।

शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानविन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको स्राेतले बताएकाे छ ।

सूचना अनुसार, उनी विभिन्न अपराधिक मानसिकता भएका व्यक्तिहरूसँग निरन्तर छलफलमा रहेका छन्।

पहिले राजनीतिक व्यक्तिहरूसँग मात्र साठगाँठ राख्ने ज्ञानेन्द्र अहिले राजनीतिक नेतृत्वलाई पाखा लगाएर दुर्गा प्रसाईंजस्ता विवादित व्यक्तिसँग नजिक भएको देखिन्छ।

हिजोको आन्दोलनको कमाण्डर समेत रहेका दुर्गा प्रसाईं भने हाल फरार छन्। प्रहरीद्वारा प्रसईकाे खाेजी जारी छ ।


339
Shares

प्रतिक्रिया दिनुहोस !