नृत्य गुरू सुरेश मिश्रको निधन
प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार ०९:४०

काठमाडौँ । शास्त्रीय नृत्यका प्रसिद्ध गुरू सुरेश मिश्रको ६९ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
कत्थक नृत्यमा भारतको इलाहाबाद विश्वविद्यालयबाट एम म्युज गर्ने उहाँ पहिलो नेपाली हुनुहुन्थो । मिश्रले नृत्य निर्देशकका रुपमा राष्ट्रिय नाचघरमा लामो समय काम गर्नुभएको थियो।
मिश्र दम रोगले पीडित हुनुहुन्थ्यो, उपचारका क्रममा काठमाडौँको सिभिल अस्पतालमा निधन भएको हो। मिश्रका पत्नी, दुई छोरी र एक हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जानकारी दिएको छ ।
226
Shares