चीन र भारतको बीचमा नेपालको व्यापारिक सम्भावना

– चेतनाथ न्यौपाने
काठमाडौं । नेपाल दुई ठूला देशहरूसँग जोडिएको छ—उत्तरमा चीन र दक्षिणमा भारत। यी दुबै देश संसारकै सबैभन्दा धेरै जनसंख्या भएका देश हुन्। जनसंख्या मात्रै हैन, आर्थिक रूपमा पनि यी मुलुकहरू विश्वको ध्यान खिचिरहेका छन्। यिनै दुई छिमेकीको छेउमा बसेको नेपालले व्यापारिक फाइदा लिन सक्दैन भने त्यो हामी सम्पूर्ण तीन करोड नेपालीको दुभाग्य हुनेछ । त्यसैले यसको भरपुर फाइदा उठाएर नेपाल व्यारिक हव बन्नुपर्छ ।
चीनबाट के सिक्ने? के फाइदा लिने?
चीन उद्योग, प्रविधि र निर्माणमा विश्वमै निकै अगाडि छ। नेपाल चीनको छिमेकी को साथै असल मित्र भएको कारणले नेपाल र चीन विच व्यापार गर्न सक्दा नेपालले धेरै भन्दा धेरै लाभ लिन सक्ने ठाउँ छ ।
नेपालमा चीनबाट रेल ल्याउने कुरा छ । जुन परियोजना बिआरआई अन्तर्गत पनि छ । रेलले नेपाल र चीन जोड्दा पनि नेपाली समानले चीनको बजारमा र चीनियाँ समानले नेपाली बजार हुदै भारतीय वजारमा राम्रो सम्भावना बोक्छ ।
विकास मात्र नभएर प्रविधिको क्षेत्रमा पनि चीनसँग नेपालले सहकार्य गरेर कृषि, शिक्षा र स्वास्थ्य क्षेत्र सुधार गर्न सकिने धेरै आधारहरु छन् । किनभने चीन प्रविधिको कुरामा पनि विश्वकै नमूना राष्ट्र हो ।
भारतसँगको सम्बन्ध र अवसर
भारतसँगको हाम्रो सम्बन्ध भौगोलिक मात्र होइन, सांस्कृतिक, भाषिक र सामाजिक रूपमा पनि गहिरो छ।
खुला सीमाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा व्यापारिक केन्द्र बनाउने हो भने रोजगारी र आय दुवै बढ्न सक्छ।
जलविद्युतको क्षेत्रमा भारत नेपालका लागि ठूलो बजार हो। नेपालले उत्पादित बिजुली भारतलाई बिक्री गरेर ठूलो रकम कमाउन सक्छ।
साथै, भारतीय पर्यटकलाई लक्षित गरेर धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ। जनकपुर, पशुपतिनाथ, मुक्तिनाथजस्ता स्थलहरू यस्का उदाहरण हुन्। त्यसको लागि पहिला नेपालमा विकास चाहिन्छ । नेपालले चाडो भन्दा चाडो चीन र भारत सँग राम्रो कुरा सिकेर विकासमा फड्को मार्न जरुरी देखिन्छ ।
सन्तुलन र समझदारी
नेपालले एक छिमेकीसँग मात्रै होइन, दुबैसँग सन्तुलित र समान व्यवहार गर्नुपर्छ। व्यापारिक सम्बन्ध बनाउँदा राष्ट्रिय हितलाई प्राथमिकता दिँदै, स्पष्ट रणनीतिका साथ अगाडि बढ्न जरूरी छ। त्यसो हुदाँ नेपालको सधै हित हुने देखिन्छ ।
अन्त्यमा
चीन र भारतजस्ता ठूलो बजार भएका देशको बीचमा बसेर नेपालले आफ्नो कृषि, पर्यटन, ऊर्जा र हस्तकला क्षेत्रलाई अघि बढाउने हो भने देशको आर्थिक अवस्था परिवर्तन गर्न अबस्य सकिन्छ । राम्रो कुराको अनुसरण गरेर नेपालले चाडो भन्दा चाडो चीन र भारतबाट फाइदा लिएर नेपाल अगाडी वढ्न जरुरी छ ।