२१ माघ २०८२, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीन–नेपाल मैत्री औद्योगिक पार्कमा अवैध मकै खेती र माटो उत्खनन् : रणनीतिक परियोजनामा विदेशी हस्तक्षेपको संकेत

प्रकाशित मिति :  6 May, 2025 7:24 pm


काठमाडौं । झापा जिल्लाको चीन–नेपाल मैत्री औद्योगिक पार्कको जग्गामा भइरहेको मकै खेती पछाडि गम्भीर रहस्य लुकेको खुलेको छ। जब औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्धक पदम ओली स्थानीय जनप्रतिनिधि र प्रहरीको साथमा निरीक्षणका लागि पार्कको जग्गा पुग्नुभयो , तब सबैलाई चकित पार्ने खालको रहस्य बाहिर आएको हो ।
उक्त जग्गामा स्थानीयकै मिलेमतोमा भारतीय नागरिकले मकै खेतीका साधै माटो उत्खनन् गरेको समेत पाइएको छ ।
बुझ्दै जादा केही स्थानीयले पार्कको जग्गा भाडामा दिएर भारतीयलाई खेती गर्न सहयोग गरेको समेत पुष्टि भएको छ। महाप्रबन्धक ओलीको टोलीले खेतीमा संलग्न दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा बुझाएको थियो । कागजी प्रक्रिया पूरा गरेपछि उनीहरूलाई अहिले छोडिएको छ।

महाप्रबन्धक ओलीले भोलि जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर मकै भित्र्याउने वा जफल गर्ने विषयमा निर्णय गरिने जानकारी  दिनुभयो। साथै, औद्योगिक पार्कको जग्गामा अबदेखि यस्ता गैरकानुनी कार्य हुन नदिइने भनेर समेत बताउनुभयो ।
स्थानीयका अनुसार चीन–नेपाल मैत्री औद्योगिक पार्कलाई बदनाम र असफल बनाउन केही विकास विरोधीहरु नियोजित रुपमा भारतीय पक्षधर समूहसँग मिलेर केही स्थानीय व्यक्तिले यो योजना अघि बढाएको स्थानीयको भनाई छ । उक्त स्थानमा रातारात माटो उत्खनन् हुने गरेको पनि पाइएको छ ।

२०७७ सालमै भव्य शिलान्यास गरिएको चीन–नेपाल मैत्री औद्योगिक पार्क लामो समयदेखि अलपत्र अवस्थामा छ।

यसरी अवैध रुपमा गरिएको खेती र माटो उत्खनन्ले खेती र माटो उत्खनन्को रुपमा मात्र नभई भूराजनीतिक दृष्टिकोणको समेत गम्भीर संकेत बोक्दछ। चीन र नेपालको समझदारीमा बन्न लागेको यो रणनीतिक परियोजनामा यसरी भारतीय नागरिकको संलग्नता देखिनु, यो राष्ट्रिय स्वाधीनतासँग पनि जोडिएको विषय बन्न पुगेको छ।


1.6k
Shares

प्रतिक्रिया दिनुहोस !