राष्ट्रिय युवा संघ नेपाल तेह्रथुमको अधिवेशन प्रधानमन्त्री ओलीको जन्मघरमा सम्पन्न, अध्यक्षमा अनिल नेपाल

तेह्रथुम । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मघर रहेको तेह्रथुमको आठराई, इवामा राष्ट्रिय युवा संघ नेपाल तेह्रथुमको ११औं जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।
राष्ट्रिय युवा संघ नेपाल तेह्रथुमले जेठ १ गते युवा, विद्यार्थी दिवसको अवसर पारेर सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको हो ।
अधिबेसनले अध्यक्षमा अनिल नेपाल, उपाध्यक्षमा मण्डेला लिम्बु, सचिवमा भरत कार्की, उपसचिवमा यादव लिम्बु, अर्का उपसचिवमा विजय सिङ्घक, कोषाध्यक्षमा सुनिता गुरुङ, विज्ञ युवा परिषदको संयोजकमा जीवनकाजी थापा लगाएतको नेतृत्व चयन गरेको छ ।
अधिवेशनको उद्घाटन राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय अध्यक्ष क्षितिज थेबेले गर्नुभएको थियो ।
अधिवेशनमा एमाले नेता भानुभक्त ढकाल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवे, सचिव निरोज पौडेल, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश सहइन्चार्ज विमल कार्की, संघका केन्द्रिय सदस्य विक्रम केसी लगायतको उपस्थिति रहेको थियो।
प्रधानमन्त्री ओली राष्ट्रिय युवा संघ नेपालको संस्थापक अध्यक्ष भएकाले उहाँकै जन्म घरमा गरिएको यो अधिबेसनलाई विशेष महत्त्वका रूपमा हेरिएको थियो।
सस्थापक अध्यक्षकै घरबाट सुरु भएको राष्ट्रिय युवा संघ नेपालको विना विवाद नेतृत्व चयनले देसै भरि र केन्द्रकै अधिबेसन विना विवाद टुंगिने संदेस जाने संघका स्थायी कमिटी सदस्य विमल कार्कीले राइजिङ सन खबरलाई बताउनुभयो ।
आयोजक समितिका अनुसार अधिवेशन उत्साहजनक, मर्यादित र भव्य रूपमा सम्पन्न भएको छ।