चिनियाँ राजदूत छन् सोङ आज चीन-नेपाल मैत्री औद्योगिक पार्कको अवलोकन तथा अन्तरक्रियामा
झापा । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ अहिले झापा भ्रमणमा हुनुहुन्छ । आज (बुधबार) उहाँ झापास्थित विभिन्न परियोजना र संस्थाको अवलोकन तथा अन्तरक्रिया गर्ने कार्यक्रमहरूमा सहभागी हुँदै हुनुहुन्छ।
उहाँको आजको तालिका अनुसार, बिहान ८:१५ देखि ९:१५ सम्म अर्जुनधारास्थित भ्राइवेन्ट भिलेज एनीमल हस्ब्याण्ड्री को अवलोकन गर्नुहुनेछ। त्यसपछि, ९:४५ देखि १०:४५ सम्म उहाँले भ्राइवेन्ट भिलेज एक्वाकल्चर परियोजनाको अवलोकन तथा सरोकारवालासँग अन्तरक्रिया गर्नुहुनेछ।
११:०० देखि १२:०० बजेसम्म विर्तामोड–९ स्थित देवकोटा आधारभूत विद्यालयको शिलान्यास कार्यक्रममा सहभागी हुनुहुनेछ।
दिउँसो २:१५ देखि ४:१५ बजेसम्म राजदूत छन् सोङले चीन–नेपाल मैत्री औद्योगिक पार्कको अवलोकन तथा अन्तरक्रिया गर्नुहुने कार्यक्रम तय भएको छ। कार्यक्रममा पार्कका सरोकारवालाहरु सँगअन्तरक्रिया हुनेछ।
औद्योगिक पार्कमा चिनियाँ राजदूत छन् सोङलाई चीन नेपाल मैत्री औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापा, झपा क्षेत्र नंवर ५(क) सम्साद होम बहादुर थापा, कमल गाँउपालिकाका अध्यक्ष हुकुम सिंह राई , गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदी दमक नगरपालिकाका पूर्व मेयर रोम नाथ ओलीले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
दिनको अन्त्यमा, ५:०० देखि ५:३० बजेसम्म विर्तामोड नगरपालिकाद्वारा आयोजित स्वागत कार्यक्रममा उहाँको उपस्थिति रहनेछ।
सोमबार झापा आउनुभएका राजदूत छन् सोङले मंगलबार अर्जुनधारा नगरपालिकाको विभिन्न विद्यालय, कृषि तथा लघु उद्योगहरूको अवलोकन गर्नुभएको थियो। साथै, उहाँ अर्जुनधारा नगरपालिकाको औपचारिक स्वागत कार्यक्रममा पनि सहभागी हुनुभएको थियो।












