२० मंसिर २०८२, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राजदूत चेनलाई पार्कमा नेपाली शैलीमा भव्य स्वागत

प्रकाशित मिति :  ३० जेष्ठ २०८२, बिहीबार ००:१०


काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङलाई प्रस्तावित चीन–नेपाल मैत्री औद्योगिक पार्कको अवलोकन भ्रमणका क्रममा झापामा नेपाली टोपी, फूलका गुच्छा, बाजागाजासहित स्थानीयले भव्य रूपमा स्वागत गरेका छन् ।

राजदूत सोङलाई पार्कका अध्यक्ष गोविन्द थापा, प्रदेश सभा सदस्य होमबहादुर थापा, गाैरादह नगरपालिका नगर प्रमुख छत्रपति सुवेदी, कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई तथा स्थानीयवासीहरूले नेपाली सांस्कृतिक परम्परा अनुसार सम्मान गरेका हुन्। उहाँलाई स्वागत गर्न झापावासीहरू विभिन्न स्थानमा बाजागाजा र फूलका गुच्छा लिएर अग्रीम रूपमा तैनाथ भएर बसेका थिए ।

स्वागत समारोहमा स्थानीय संस्कृति झल्किने बाजागाजाहरू समेत प्रयोग गरिएको थियो।

कार्यक्रमको अवसरमा राजदूत चेन सोङले चीन–नेपाल मैत्री औद्योगिक पार्कको निर्माण कार्य चाँडै सुरु हुने विश्वास व्यक्त गर्दै उक्त परियोजनाले नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गर्नुभयो।

यस्तै, पार्कका अध्यक्ष गोविन्द थापाले पार्क निर्माणको अधिकांश काम पूरा भइसकेको र बाँकी रहेको केही कार्य पनि चाँडै सम्पन्न हुने बताउनुभयाे ।

राजदूत चेन सोङले पार्कको एक नम्बर पिल्लरदेखि शिलान्यास स्थलसम्मको क्षेत्र अवलोकन गर्नुभएकाे छ ।

राजदूत चेन सोङको स्वागतका लागि हजारौं स्थानीयवासीको उपस्थिति रहेकाे थियाे ।


1k
Shares

प्रतिक्रिया दिनुहोस !