अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया र महासचिवमा दीपक धामी विजयी
प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार ०७:१६

काठमाडाैं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित हुनुभएकाे छ । बिहीबार मध्यराति सम्पन्न मतगणनामा प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतान्तरले पराजित गर्दै कडरिया अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे । कडरियाले ७३२ मत पाउँदा पौडेलले ७२५ मत ल्याउनुभएकाे थियाे ।
उपाध्यक्षमा विकास श्रेष्ठ र महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी निर्वाचित हुनुभएकाे छ । महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित हुनुभएकाे छ ।
226
Shares