झापाको दमकमा एमालेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु
प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार १५:१६

झापा । नेकपा एमालेले पार्टीभित्र प्रशिक्षक तयार पार्ने उद्देश्यसहित झापा, दमकको फन पार्कमा दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेकाे छ । कार्यक्रम आजबाट सुरु भएकाे हाे ।
कार्यक्रममा पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सदस्य गोविन्द थापा, रोम ओली ,तथा नेताहरू घनश्याम कोइराला, परशुराम मेघी गुरुङ, सुन्दर लामिछाने र राम पौडेलको उपस्थिति रहेको छ ।
प्रशिक्षण कार्यक्रममार्फत एमालेले संगठन सुदृढीकरणका लागि स्थानीय तहसम्म राजनीतिक प्रशिक्षक तयार पार्ने रणनीति अघि सारेको बताइएको छ। कार्यक्रममा सहभागीहरूलाई पार्टीको नीति, विचार, संगठनात्मक कार्यशैली तथा आगामी योजनाबारे प्रशिक्षण दिइदै छ ।
113
Shares