शिजाङका विज्ञ टोलीको झापा भ्रमण, औद्योगिक पार्कसम्बन्धी छलफल र अनुगमन गरिने

झापा । चीनको शिजाङ समाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत दक्षिण एसियाली अध्ययन संस्थानका निर्देशक याङ याबोको नेतृत्वमा एक उच्चस्तरीय शैक्षिक प्रतिनिधिमण्डलले चीन–नेपाल मैत्री औद्योगिक पार्क सम्बन्धी छलफल तथा स्थलगत अनुगमन गर्ने भएकाे छ ।
बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत चीन र नेपालबीच सन् २०२४ को डिसेम्बरमा भएको समझदारीपश्चात् अगाडि बढाइएको यो परियोजनालाई शीघ्र कार्यान्वयनमा लैजानका लागि चीनको तर्फबाट गरिने यो भ्रमणलाई रणनीतिक महत्वको रूपमा हेरिएको छ।
याङ याबोको नेतृत्वमा आएको प्रतिनिधिमण्डलमा सहायक अनुसन्धान फेलो झाङ जियाङहोंग, गान युए, डे के, झाङ लिली तथा डाक्टर गा जाङबेन समेत सहभागी हुनुहुन्छ ।
प्रतिनिधिमण्डलले चीन नेपाल मैत्री औद्योगिक पार्कको सम्भाव्यता, पूर्वाधार, लगानी संरचना तथा क्षेत्रीय सहकार्यका विविध पक्षमा सरोकारवालासँग छलफल गर्नेछन् । भ्रमणको क्रममा परियोजनास्थलको निरीक्षण समेत गरिने छ ।