२६ असार २०८२, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कविलासीको सिर्सया–हेमपुर रणनीतिक सडकको पहिलो चरणको कालोपत्रेको काम सुरु,स्थानीय खुसी

प्रकाशित मिति :  ८ असार २०८२, आईतवार ०९:१३


सर्लाही । कविलासी नगरपालिका अन्तर्गत पर्ने सिर्सया–हेमपुर रणनीतिक सडकको पहिलो चरणको कालो पत्रेको निर्माण कार्य सुरु भएको छ भएको छ।

स्थानीय सरकारको प्राथमिकता सूचीमा समावेश यो सडक यथासमयमै काम सुरु गरिएकाले नगरवासीहरू अत्यन्त उत्साहित भएका छन्।

उक्त सडक निर्माणको जिम्मेवारी युनिग्लोबल–आर्चाय जेभीले लिएको थियो। निर्माण कम्पनीले कालोपत्रे कार्य सुरु गरेको हो। निर्माणको गुणस्तर र समयसीमा भित्र काम सुरु भएकाले स्थानीयवासीहरूका लागि सन्तोष र खुशीको विषय बनेको छ।

नगरप्रमुख ब्रहम देव राय, उप–प्रमुख पुनम कर्ण, इन्जिनियर महोमद साह फसल र सब–इन्जिनियर राकेश कुमार शाहको प्रत्यक्ष निगरानी र सक्रिय अनुगमनका कारण सडक निर्माण कार्य प्रभावकारी रूपमा अघि बढेको जनाइएको छ। उनीहरूको पहलमा पहिलो चरणको काम छिटो, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न हुन लागेकोे स्थानीय स्रोतले जनाएको छ।

रणनीतिक महत्वको यस सडकले नगरभित्रको आवागमन सहज बनाउने मात्र नभई कृषिजन्य उत्पादनको ढुवानी, व्यापारिक आवागमन तथा समग्र आर्थिक गतिविधिमा समेत टेवा पुगाउने अपेक्षा गरिएको छ। परियोजनाको पहिलो चरण सुरुभएसँगै दोस्रो चरणको काम पनि चाँडै सुरु गरिने तयारी रहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले यस सडकलाई दीर्घकालीन पूर्वाधार विकासको मुख्य आधार मान्दै प्राथमिकताका साथ निर्माण अघि बढाएको बताएको छ।


7.8k
Shares

प्रतिक्रिया दिनुहोस !