१९ मंसिर २०८२, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कन्काई र शिवशताक्षीमा चिनियाँ भाषा कोर्ष सञ्चालन हुने, गोविन्द थापाको विशेष सहयोग

प्रकाशित मिति :  १६ श्रावण २०८२, बिहीबार २१:३६


झापा । झापाको कन्काई नगरपालिका र शिवशताक्षी नगरपालिकामा चिनियाँ भाषा शिक्षा सञ्चालन गर्ने विषयमा एक मौखिक सहमति गरिएको छ।
आज विहिवार आयोजित एक अनौपचारिक कार्यक्रममा कन्काई नगरपालिकाका नगरप्रमुख राजेन्द्र कुमार पोखरेल र शिवशताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, नेकपा (एमाले) का केन्द्रीय सदस्य गोविन्द थापा, र लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक डा. कुमार खड्काबीच यो सहमति भएको हो।

नगरप्रमुखहरूले कार्यक्रमप्रति सकारात्मक धारणा व्यक्त गर्दै छिट्टै प्रक्रिया टुंग्याएर चिनियाँ भाषा कोर्ष सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य गोविन्द थापाले चिनियाँ भाषा कोर्ष सञ्चालनका लागि आफ्नो विशेष सहयाैग रहने घोषणा गर्नुभयो। उहाँले चीन आज विश्वको एक नम्बर शक्ति राष्ट्र बनेको उल्लेख गर्दै नेपालीहरूले छिमेकी देशको विकास, भाषा र संस्कृतिबाट लाभ उठाउनु पर्नेमा जोड दिनुभयो। थापाले एक गरिव -जेहेन्दार विद्यार्थीकाे सम्पूर्ण खर्च आफूले वेहाेर्ने समेत बताउनुभयाे ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक डा. कुमार खड्काले नेपालमा चिनियाँ भाषा कोर्षको आवश्यकता र महत्वबारे स्पष्ट पार्नुभयो। उहाँले विशेष गरी युवा पुस्ताले चीनमा गएर सीप सिकेर त्यो सीप नेपालमै व्यवहारमा उतार्नुपर्ने विचार व्यक्त गर्नुभयो।

यस पहलबाट दुबै नगरपालिकाका इच्छुक व्यक्तिहरूले चिनियाँ भाषा सिक्ने अवसर पाउनेछन्, जुन दीर्घकालीन रूपमा रोजगारी र आर्थिक प्रगतिको माध्यम बन्ने विश्वास गरिएको छ।

अनैपचारीक कार्यक्रममा विभिन्न जनप्रतिनिधि, कर्मचारी र विभिन्न नेताहरुको उपस्थीति रहेको थियो ।


904
Shares

प्रतिक्रिया दिनुहोस !