२० मंसिर २०८२, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

“SAAIL – नेपाल २०२५” काठमाडौंमा भव्य रूपमा सम्पन्न

प्रकाशित मिति :  १९ श्रावण २०८२, आईतवार १७:५०


काठमाडौं । नेपाल जेसीजको आयोजनामा काठमाडौंमा सम्पन्न भएको South-Asian Academy for International Leadership (SAAIL – नेपाल २०२५) नामक चारदिने अन्तर्राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ।

“Bridging Nations – Building Leadership” भन्ने नारासहित अगस्ट ३ मा सम्पन्न भएको यो कार्यक्रममा नेपालसहित भारत, श्रीलङ्का र बङ्गलादेशबाट १०० भन्दा बढी युवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नीति निर्माण, राम्रो बोल्ने कला (पब्लिक स्पिकिङ), कूटनीति, व्यापार र नयाँ सोचसहितका विषयमा विभिन्न कार्यशाला सञ्चालन गरिए। अनुभवी प्रशिक्षकहरूले सहभागीहरूलाई व्यवहारिक तालिम दिए।

सहभागीहरूलाई पाटन, भक्तपुर, स्वयम्भू, बौद्ध, लुम्बिनी र पोखरालगायतका ऐतिहासिक र सांस्कृतिक ठाउँहरूमा भ्रमण गराइयो। यसले उनीहरूलाई नेपाली संस्कृतिसँग प्रत्यक्ष रूपमा जोड्ने अवसर मिल्यो।

व्यापारिक अन्तरक्रिया : “Jaycees in Business”

नेपाल र श्रीलङ्काका युवा उद्यमीबीच व्यापार, लगानी र नयाँ स्टार्टअप सम्बन्धी सहकार्यका बारेमा छलफल भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, नाडाका पूर्व अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद दुलाललगायत अनुभवी व्यवसायीहरूको उपस्थिति थियो।

कार्यक्रममा सहभागी देशहरूले आ–आफ्नो सांस्कृतिक नृत्य र प्रस्तुती दिएका थिए। नेपाली लोकसांस्कृतिक कार्यक्रमहरूमार्फत नेपालको विविधता प्रदर्शन गरिएको थियो।

समारोहमा मार्क जोसेफ डेभिड, हिरोकी टोमोरी, जेसि सन्दुक वीरासिङ्हे (श्रीलङ्का अध्यक्ष), काजी फाहाद (बङ्गलादेश अध्यक्ष), तथा अंकुर झुनझुनवाला (भारत अध्यक्ष ) लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

नेपाल जेसीजकी अध्यक्ष रञ्जनी थापाले कार्यक्रमको नेतृत्व गर्नुभयो भने पूर्व अध्यक्ष तथा सिनेटर प्रज्ञा राज राजभण्डारी कार्यक्रम निर्देशकका रूपमा सक्रिय हुनुहुन्थ्यो। टोलीको समर्पण र व्यवस्थापन क्षमताका कारण कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा सफल भएको हो।

अध्यक्ष थापाले भनिन,“SAAIL केवल प्रशिक्षणको कार्यक्रम होइन, यो हामी सबैको साझा भविष्य बनाउने अभियान हो। नेपालमा यस्तो भव्य कार्यक्रम सफलतापूर्वक सम्पन्न हुनु गौरवको कुरा हो ।

SAAIL – नेपाल २०२५ ले नेपाललाई दक्षिण एसियाली युवा नेतृत्व विकासको केन्द्र बनाउने दिशामा ठुलो योगदान दिएको छ। यसले नेपालको संस्कृति, पर्यटन, र अन्तर्राष्ट्रिय पहिचानमा थप उचाइ दिएको छ।

साथै , SAAIL २०२६ को आयोजना बङ्गलादेशले गर्ने पक्का भइसकेको छ। लिड कनेक्ट ट्रान्फम यही हो SAAIL को मुख्य सार।


339
Shares

प्रतिक्रिया दिनुहोस !