२० मंसिर २०८२, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गोविन्द थापाको पहलमा झापामा चिनियाँ भाषा र कोर्सहरूको शुरुवात हुने

प्रकाशित मिति :  १९ श्रावण २०८२, आईतवार १७:५३


काठमाडौं । एमाले केन्द्रीय सदस्य तथा चीन–नेपाल मैत्री औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाको पहलमा अब झापाका विभिन्न पालिकामा चिनियाँ भाषा र अन्य कोर्सहरू सञ्चालनमा आउने भएका छन्।

चिनियाँ कोर्स सञ्चालनका लागि शिवशक्ताक्षी, कन्काई, झापा र अर्जुधारामा एक समान मौखिक समझदारी पनि भएको छ।

यस अभियानमा उहाँलाई लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक डा. कुमार खड्काले साथ दिनु भएको छ।

आज चीन विश्वको हरेक क्षेत्रमा अग्रणी राष्ट्र भएको र चीनबाट नेपालीहरूले पनि धेरै कुरा सिक्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै गोविन्द थापाले झापामा चिनियाँ ज्ञान आवश्यक रहेको बताउनुभयो।

शिवशक्ताक्षी, कन्काई, झापा र अर्जुधारामा पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिहरूसँग भएको अनौपचारिक बैठकमा चिनियाँ भाषा, संस्कृति र ज्ञानको आजको समयमा महत्त्व रहेको कुरा साझा गरिएको छ।

साथै, यदि झापाबाट कोही विद्यार्थी चीन गएर अध्ययन गर्न चाहन्छ भने गरिब र जेहेन्दार विद्यार्थीलाई पाठ्यक्रमको ५० प्रतिशत खर्च आफूले व्यहोर्ने बताउनुभयो।

चिनियाँ भाषा तथा सस्कृतिको ज्ञान नेपालमा काठमाडौं र केही शहरमा मात्र छ ।


1k
Shares

प्रतिक्रिया दिनुहोस !