एमालेले आन्दोलन र अपराध छुट्याउन कार्यदल बनाउनुपर्छ– गोविन्द थापा
काठमाडाैं । पुर्नस्थापना भएपछि प्रतिनिधि सभाले केके काम गर्छ ? यो विषयमा एमालेमा छलफल सुरु भएको छ । एमालेको जारी केन्द्रीय कमिटीको वैठकमा प्रतिनिधि सभा पुर्नस्थापनाका विषयमा केन्द्रीय सदस्यरुले आआप्नो धारणा राखेका छन् ।
यो क्रममा केन्द्रीय सदस्य गोविन्द थापाले अनौठो विचार राख्नुभएको छ । प्रतिनिधि सभा पुनसर््थापना भएपछि त्यसले फास्ट ट्रयाकमा काम गर्नुपर्ने विचार राख्दै थापाले केके काम गर्ने हो सो सम्बन्धमा विशेष अध्ययन समिति बनाउन प्रस्ताव गर्नुभएको हो ।
पुनरस्थापना पछि देशमा आमूल सुधार गर्न र प्रतिनिधि सभालाई प्रभावकारी बनाउन कार्ययोजना सहितको विचारपत्र तयार गर्न अध्ययन समिति बनाउनुपर्ने उहाँले बताउनुभएको हो । प्रतिनिधि सभा पुनसर््थापना पछि देशमा आमूल सुधार गर्नुपर्ने विचार राख्दै थापाले पुनसर््थापना अपरिहार्य रहेको बताउनुभयो ।
थापाले २३ र २४ गतेको घटनामा आन्दोलन र अपराध एकसाथ भएको विचार राख्दै आन्दोलन र अपराधलाई छुट्याउनुपर्छ भन्नुभयो । आन्दोलन र अपराध छुट्याउन तथा २३ र २४ गतेको विभिन्न पक्षको अध्ययन गर्न एक कार्यदल बनाउनुपर्ने सुझाव थापाले राख्नुभएको छ । कार्यदलले अध्ययन गरेर श्वेतपत्र समेत जारी गर्नुपर्ने उहाँले बताउनुभयो ।












