१९ मंसिर २०८२, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जेन्जी आन्दोलनपछि देश असुरक्षित बन्दै गएको छ : गोविन्द थापा

प्रकाशित मिति :  १४ कार्तिक २०८२, बिहीबार ०७:४९


झापा । नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले जेन्जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई असामान्य र असुरक्षित भएको बताउनुभएकाे छ ।

मंगलबार दमकमा संचारकर्मीहरु सँग बोल्दै, उहाँले जेन्जी आन्दोलनका माग र आवाज समय सान्दर्भिक र सार्थक भए पनि त्यसपछि भएका गतिविधि र व्यवहारले देशमा अस्थिरता र असुरक्षाको अवस्था सिर्जना गरेको बताउनुभयाे ।

 

संचारकर्मीहरु सँग थापाले भन्नुभयाे , ‘अब हामी असुरक्षित महशुस गर्दैछौँ र यो स्थितिमा बस्नु भन्दा आफ्नो सुरक्षा कसरी गर्ने भन्नेबारेमा सबैलाई सचेत हुनु आवश्यक छ।’

उहाँले संचारकर्मीहरुलाई जानकारी दिंदै भन्नुभयाे, ‘झापामा २०० जनाको नयाँ सुरक्षा फोर्स तयार गरिएको छ, जसले नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न प्रहरी प्रशासनसँग समन्वय गर्दै कानूनी दायरामा काम गर्नेछ।’

यस्तै, उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा व्यवस्थाबारे पनि जानकारी दिँदै भन्नुभयाे, ‘पार्टीको तर्फबाट अध्यक्ष ओलीको सुरक्षाका लागि तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको छ।’

पूर्वप्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेको दमकका पत्रकारले सोधेपछि थापाले थप जानकारी दिँदै भन्नुभयाे, ‘उहाँको सुरक्षा लागि सम्पूर्ण व्यवस्था मिलाइएको छ। ढुक्क हुनुहोस्, यस क्षेत्रका प्रतिनिधि र देशका सर्वोच्च नेता केपी ओलीको सुरक्षामा पार्टी र युवा पंक्तिले कुनै कसरत बाकि राखेका छैनौं।’


904
Shares

प्रतिक्रिया दिनुहोस !