अब कारवाही केपी ओलीलाई होइन, सुशिला कार्कीलाई– गोविन्द थापा
काठमाडौं । अब कारवाही केपी शर्मालाई होइन, सुशिला कार्कीलाई हुनुपर्छ, किनभने सुशिला कार्कीहरुको गिरोहले भदौ २३ गते संसंसद् भवनमा आक्रमण गराएर मान्छे मराउने वातावरण बनाएको हो । यो विचार नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाको हो ।
२३ गतेको घटनाको परिणाम मात्र हेर्ने कि कारण पनि खोज्ने ? गोविन्द थापाले यस्तो गम्भीर विचार राख्नुभएको छ । सामाजिक सञ्जालमा थापाले लेख्नुभएको छ– ‘२३ गते संसद् भवनमा आक्रमण गराएपछि गोली चलेको हो कि होइन ? संसद् भवनमा आक्रमण गराउने को हो ? त्यो खोज्नुपर्छ । हो, मानिस मरेका हुन् तर कसरी मारिए ? स्कूल कलेजको ड्रेस लगाएर किशोरकिशोरी हरुलाई संसद् भवनमा आक्रमण गर्न ल्याउने को हो ? २३ गतेको घटनाको परिणाम मात्र हेर्ने कि कारण पनि खोज्ने ? परिणामको कुरा गर्नुहुन्छ भने मान्छे मारिँदा खुसी हुने, मान्छे मार्नुपर्छ भन्ने सुशिला कार्कीहरुको ग्याङ हो । २३ गतेको घटनामा केपी ओलीले तत्कालै छानविन आयोग बनाउने निर्णय गर्नुभएको, मृतकहरुप्रति श्रद्धाञ्जली र क्षतिपूर्ति घोषणा गर्नभएको होइन र ?’
२३ गतेको घटनाको कारण भनेको सुशिला कार्कीहरुको गिरोहको मान्छे मार्ने षडयन्त्र भएको ठोकुवा थापाले गर्नुभएको छ । २३ गते मान्छे मर्ने वातावरण बनाउन निर्दाेष विद्यार्थीलाई संसद् भवनमा घुसाएर भीडन्त गराउने षडयन्त्रकारीहरुलाई हुनुपर्ने विचार उहाँले राख्नुभएको छ ।
२४ गते मानिसलाई किन उद्दार गरेको, किन मर्न नदिएको भन्दै सुशिलाले दिएको अभिव्यक्तिको भिडियो सार्वजनिक भइसक्यो, अर्थात् पोल खुलिसक्यो भन्दै थापाले अब कारवाही केपी ओलीलाई होइन, सुशिला कार्की र मान्छे मार्ने ग्याङलाई हुनुपर्ने माग राख्नुभएको छ । उहाँको यो पनि भनाई छ– ‘२३ गते मान्छे मर्ने वातावरण बनाउन निर्दाेष विद्यार्थीलाई संसद् भवनमा घुसाएर भीडन्त गराउने षडयन्त्रकारीहरुलाई हुनुपर्छ ।’












