एमाले महाधिवेशनः आइन्द्र सुन्दर पनि केपी ओली समूहको सूचीमा
प्रकाशित मिति : ३० मंसिर २०८२, सोमबार १७:३४
काठमाडौं । एमाले महाधिवेशनका लागि केपी शर्मा ओलीको समूहले तयार पारेको सूचीमा कोशी प्रदेशका आइन्द्र सुन्दर नेम्वाङ आदिवासी जनजाति समूहबाट केन्द्रीय सदस्य पदका लागि समावेश हुनुभएकाे छ ।
सुरुमा बाहिर आएको सूचीमा आइन्द्र सुन्दर नेम्वाङको स्थानमा श्रीप्रसाद जवेगुको नाम उल्लेख भएको थियो। पछि यो टाइपिङ त्रुटि भएको पुष्टि भएको छ।
आइन्द्र सुन्दर नेम्वाङका अनुसार श्रीप्रसाद जवेगुले कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन्, बरु उनी आइन्द्र सुन्दर नेम्वाङका प्रस्तावक हुन्।
श्रीप्रसाद जवेगुले पनि आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी नदिएको र सूचीमा आफ्नो नाम देख्दा आश्चर्यचकित भएको प्रतिक्रिया दिनुभएको छ ।
आइन्द्र सुन्दर नेम्वाङका प्रस्तावक श्रीप्रसाद जवेगु तथा समर्थक बलबहादुर नेपाली रहनुभएको छ ।
0
Shares












