२२ पुष २०८२, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बयान लिन छानबिन आयोगको टोली गुन्डुस्थित निवासमा

प्रकाशित मिति :  २० पुष २०८२, आईतवार २१:३४


काठमाडाैं ।  पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बयान लिन आज छानबिन आयोगको पाँच सदस्यीय टोली गुँडुस्थित ओली निवास पुगेको थियो। आयोगले १६५ वटा प्रश्नसहित लिखित बयान लिन टोली खटाएको हो।

छानबिन आयोगका सदस्य विज्ञराज शर्माको विशेष स्रोतका अनुसार, टोलीले केपी शर्मा ओलीसँग सबै प्रश्नको लिखित बयान लिएर फर्किएको दाबी गरिएको छ। यसअघि ओलीले पटक–पटक बयान दिन अस्वीकार गर्दै आएका थिए। स्रोतका अनुसार, यसै कारण विज्ञराज शर्माले सरकारको सहयोगमा पक्राउ गरी बयान लिन अनेक पटक प्रयास गरे पनि ती प्रयासहरू असफल भएका थिए।

केही दिनअघि सरकार, छानबिन आयोग तथा ‘जेन–जी’ का प्रतिनिधिसहित ओलीसँग बयान लिने विषयमा बृहत् छलफल भएको थियो। उक्त छलफलमा प्रधानमन्त्रीसहित सहभागी धेरैले चुनावी वातावरण नबिग्रियोस् भन्ने उद्देश्यले २३ गतेको घटनामा प्रहरी प्रशासन र गृह मन्त्रालयको भूमिका मुख्य रहेको र प्रधानमन्त्रीको बयान नलिँदा पनि हुने तर्क अघि सारेका थिए।

तर छानबिन आयोगका सदस्य विज्ञराज शर्मा र सुदन गुरुङले कुनै पनि हालतमा पक्राउ गरेर भए पनि ओलीसँग बयान लिनुपर्ने अडान राखेका थिए। स्रोतका अनुसार आज गुन्डुमा प्रहरीहरूलाई सोधिने प्रश्नहरूको सूचीसहित विज्ञराज शर्माको टोली त्यहाँ पुगेको हो।

छानबिन आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जसरी पनि लिखित बयान लिने तयारी गरेको थियो। यदि ओलीले बयान नदिए पक्राउ गरेर भए पनि बयान लिने तयारी रहेको आयोगका सदस्य विज्ञराज शर्माको टोलीले जनाएको थियो ।

साथै, कसरी अगाडि बढ्ने भन्ने विषयमा विज्ञराज शर्मा र ‘अदृश्य शक्ति’बीच निरन्तर छलफल भइरहेको र त्यसको समन्वय गृहमन्त्री तथा सञ्चारमन्त्रीले गरिरहेको स्रोतको दाबी छ।

यसअघि नेकपा एमालेको महाधिवेशनअघि पनि दुई पटक ओलीलाई पक्राउ गर्ने प्रयास भए पनि ती प्रयास असफल भएका थिए। हाल भने जसरी पनि बयान लिने र केपी शर्मा ओलीलाई निर्वाचनमा उम्मेदवार बन्न नदिने तयारी ‘अदृश्य शक्ति’सहित विज्ञराज शर्माले गरिरहेको स्रोतले जनाएको छ।


565
Shares

प्रतिक्रिया दिनुहोस !