१३ आश्विन २०८३, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडौं जोड्ने प्रमुख सडक सञ्चालनमा, केही ठाउँमा एकतर्फी

प्रकाशित मिति :  29 September, 2026 11:50 am


काठमाडौं । काठमाडौं जोड्ने प्रमुख राजमार्ग तथा सडकहरू सञ्चालनमा आएका छन् ।

मंगलबार बिहान ९ बजेसम्मको अवस्थाअनुसार बीपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग तथा बल्खु–कुलेखानी–भीमफेदी–हेटौंडा सडक सञ्चालनमा रहेका छन् ।

यी सडकका केही स्थानमा सडकको अवस्थाका कारण एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको भए पनि अधिकांश स्थानमा भने दुईतर्फी रूपमा यातायात सञ्चालनमा रहेको रहेको छ ।

धादिङस्थित कृष्णभीर सडकखण्ड पनि हाल दुवैतर्फबाट सवारीसाधन सञ्चालन भइरहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !