३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जलवायु परिवर्तनको विरुद्धमा लड्न मोदीको आह्वान

प्रकाशित मिति :  २२ फाल्गुन २०७७, शनिबार ०९:०८


नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न सवैलाई आह्वान गर्नुभएको छ ।

त्यसका लागि दुई ओटा उपाय भएको उहाँको भनाई छ । प्रधानमन्त्री मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न नीतिगत व्यवस्था गरेर र मानवीय व्यवहार परिवर्तन गरेर लड्न सकिने बताउनुभयो ।

‘सेरा सप्ताह २०२१’ लाई प्रमुख वक्ताको रुपमा भिडियोमार्फत् सम्वोधन गर्दै उहाँले जलवायु परिवर्तनका विरुद्धमा लड्नु सवैको साझा दायित्व भएकोमा पनि जोड दिनुभयो ।

‘भारतले प्रकृतिक वायुको उत्पादन बढाउने र हानिकारक वायुको मात्रा घटाउने कार्य गरिरहेको छ,’ प्रधानमन्त्री मोदीले भन्नुभयो ।

अहिले ६ प्रतिशत रहेकोमा आगामी सन् २०३० सम्ममा १५ प्रतिशत पु¥याउने लक्ष्य लिइएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले जलवायु परिवर्तनका विरुद्धमा लड्ने सवैभन्दा बलियो उपाय भनेकै व्यवहार परिवर्तन भएको बताउनुभयो ।

‘कतिपय त्यस्ता व्यवहारले जलवायु परिवर्तनलाई सहयोग गरेका छन्, हाम्रा कतिपय त्यस्ता परम्परागत वा अहिले गरिरहेका व्यवहारमा परिवर्तन आवश्यक छ,’ उहाँले भन्नुभयो ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !