२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री कुन पार्टीकाे हाे भनेर प्रश्न गर्नेलाई प्रम ओलीकाे कडा जवाफ

प्रकाशित मिति :  २४ फाल्गुन २०७७, सोमबार १०:५३


काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुन पार्टीकाे हाे भनेर प्रश्न गर्नेहरूलाई कडा जवाफ दिनुभएकाे छ ।

१ सय ११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडाैंमा आयाेजित कार्यक्रममा उहाँले प्रधानमन्त्री कुन पार्टीको हाे भनेर सर्वोच्च अदालतलाई गएर सोध्न आग्रह गर्नुभयाे । उहाँले प्रश्न गर्नुभयाे – ‘मैले उनीहरूलाई सोध्न नपरोस् तपाईंहरू कुन पार्टीको ? उहाँहरूले मलाई नेकपाको साधारण सदस्यबाट समेत हटाउनुभएको थियो, प्रधानमन्त्री कुन पार्टीकाे हाे ? सर्वाेच्चमा साेध्न जानु, अदालतले भनिसक्यो म कुन पार्टीको हो ।’

आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रचण्ड समूहका नेता भीम रावलले प्रधानमन्त्री कुन पार्टीको भन्दै प्रश्न गर्नुभएकाे थियाे । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुर्नस्थापना नभएको भए यतिबेला देश चुनावमा गएर सहज रुपमा नयाँ सरकार गठन हुने बताउनुभयाे । प्रतिनिधि सभा पुर्नस्थापना हुनुपर्छ भन्नेहरूले नै पहिलाे बैठकमै नाराबाजी गरेकाेमा उहाँले असन्तुष्टि जनाउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !